Comments Add Comment

दैलेखमा बालकको हत्या, आमाले गरिन् आत्महत्या प्रयास

१२ चैत, सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् ।

‘आफ्नै छोरालाई मारेर आफूले आत्महत्याको प्रयास परेको पाइएको छ, उनी अहिले घाइते छिन्’ प्रहरी निरीक्षक सुनारले अनलाइनखबरसँग भने, ‘उनको हाल प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ, अवस्था सामान्य छ ।’

घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment