Comments Add Comment

विश्वका धेरै बिक्री हुने १० फेसन ब्राण्डहरू, जसको ‘ब्राण्ड भ्यालु’ अर्ब डलरभन्दा माथि छ

विश्वमा फेसनको बजार कस्तो होला ? फेसनको क्षेत्रमा सबैभन्दा ठूला कम्पनीहरू कस्ता होलान् भन्ने चासो धेरैमा हुन सक्छ । विश्वमा सबैभन्दा धेरै बिक्री हुने फेसनको कम्पनी आफैँमा २८ अर्ब अमेरिकी डलरभन्दा धेरैको ब्राण्ड भ्यालु भएको कम्पनी छ । उसले वार्षिक सरकारलाई १० अर्बभन्दा धेरै त कर नै तिर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्वमा क्राण्ड भ्यालु र धेरै सामान बिक्रि गर्ने हिसाबमा संसारका ठूला १० फेसन ब्राण्डहरूको सूची तल उल्लेख गरिएको छ ।

१०. आरमनी

यस प्रसिद्ध कम्पनीको ब्रान्ड भ्यालु करिब ३‍ अर्ब १० करोडको छ । आरमानी ग्रुप टेलरिङ, ग्ल्यामरिङ र नयाँ आश्चर्यजनक ड्रेसिङको लागि चर्चित छ । हलिउड स्टारहरू यस ब्राण्डको नियमित ग्राहकहरू हुन् । आरमानी ब्रान्ड मेकिङ सुटको लागि पनि विशेष छ । यो बिलासी कपडाको लागि चर्चित ब्राण्ड पनि हो । आरमानी, एम्पोरियो र एक्सचेन्ज यस ब्रान्ड अन्तर्गत सबभन्दा महँगो लुगा हो । उनीहरूले अत्तर, छालाको झोला र बेल्ट, चश्मा, जुत्ता र अन्य सामग्रीहरू उत्पादन गर्छ। यसरी तिनीहरू बढी बिक्री हुने फेसन ब्राण्डको सूचीमा दशौं स्थानमा पर्छ ।

९. फेन्डी

यस कम्पनीको ब्रान्ड भ्यालु करिब ३‍.५ अर्ब डलरको छ । पाओला फेण्डी यस कम्पनीका संस्थापक थिए । कम्पनी १९२५ मा स्थापना भएको हो । फेन्डी विशेषज्ञता विश्व स्तरीय ड्रेसिङको उत्पादनमा पनि चर्तित छ भने झोला लगायत अन्य सामग्रीहरूमा पनि चर्चित छ। यो कम्पनीले ह्यान्डब्यागको उत्पादन सन् १९९७ देखि सुरु गरेको हो । फेन्डीले आफ्नो मापदण्ड अनुसार फेसनको दुनियाँमा राम्रो उपस्थिति जनाएको छ ।

८. हाउस अफ भर्सा

यस कम्पनीको ब्रान्ड भ्यालु करिब $ ५ अर्ब ५ करोडको छ । यो कम्पनीले करिब एक अर्ब त इटाली सरकारलाई राजस्व नै तिर्छ । यो एक इटालियन कम्पनी हो । यो कम्पनी सन् १९७८ मा स्थापना भएको हो ।

जियानी वर्सासेले यस कम्पनीको स्थापना गरेका हुन् । हाउस अफ वर्सास संसारकै सबैभन्दा लाभदायक जीवनशैलीयुक्त ब्रान्ड हो । वर्सासे तिनीहरूको पेचिङ अलंकृत वस्तुबाट परिचित छ। यो कम्पनीको ककटेल र आइकनिक गाउन बढी चर्चित छ ।

७. बर्बरी

यस कम्पनीको कूल ब्रान्ड भ्यालु ५ अर्ब ८७ करोडको छ । कम्पनीले लगभग ५ अर्ब डलर राजस्व तिर्ने गर्छ । यो बेलायती कम्पनी हो। अड्री हेपबर्न बर्बेरी ब्रान्डसँग सम्बन्धित सबैभन्दा धेरै प्रतिष्ठित व्यक्ति हुन्। यो कम्पनी नयाँ र मौलिक ब्राण्डको आविष्कारका लागि प्रसिद्ध छ।

बर्बेरीले शाही वारन्ट पनि प्राप्त गरेको छ। यस कम्पनीले एक विशेष र महँगो स्किनकेयर फेसनको पनि सुरुआत गरेको छ । यसैले यो महँगो र विशिष्ट कम्पनी पनि हो ।

६. राल्फ लरेन

यस कम्पनीको ब्रान्ड भ्यालु ६ अर्ब ६० करोडको छ । यस कम्पनीको उत्पादनबाट ५ अर्ब ४० करोडको त राजस्व नै प्राप्त हुन्छ । राल्फ लरेन पूर्ण रूपमा विलासी वस्तुको लागि चर्चित छ । आफ्नो इच्छित जीवन बिताउनका लागि सबै प्रकारका पोसाक यो कम्पनीले उत्पादन गर्ने गरेको छ । राल्फ लरेनका वस्त्रहरू विश्वका धेरै प्रसिद्ध व्यक्तित्वहरूले लगाउँछन्।

५ च्यानल

यस कम्पनीको ब्रान्ड भ्यालु ६ अर्ब ८० करोडको छ । यस कम्पनीले ५ अर्ब ४० करोड रूपैयाँको राजस्व सरकारलाई बुझाउँछ । कोको चेनल यस कम्पनीका संस्थापक हुन् । यो ब्राण्ड महिलाको कपडाका लागि चर्चित छ।

कम्पनीले महिलालाई सहज हुने खालका कपडाहरू उत्पादन गर्ने गरेको छ । कालातीत साना कालो पोशाक च्यानल ब्रान्डले विश्वमा ल्याएको थियो। च्यानल संसारकै सबभन्दा महँगो ब्रान्ड हो । यस प्रकार यो कम्पनी शीर्ष १० सूचीमा पाँचौं स्थानमा छ ।

४. प्राडा

यो कम्पनीको ब्राण्ड भ्यालु ७ अर्ब ३० करोड डलरको छ। यस कम्पनीले राजस्व मात्रै ३ अर्ब ७ करोड तिर्छ । प्राडा १९१३ मा स्थापना भएको कम्पनी हो । प्राडा नाम गरेका इटालियनले छालाको कपडाबाट कम्पनीको सुरुवात गरेको हो ।

प्रादा ब्रान्ड सबैभन्दा महँगो ब्रान्ड हो र प्रत्येक केटीको रोजाइमा पर्न सफल ब्राण्ड पनि । यो ब्रान्डले आश्चर्यजनक डिजाइन, शैली र रंगको साथ कपडालाई बजारमा ल्याउने गर्छ ।

३ हेर्मेस

यो कम्पनीको लगभग १० अर्ब ६० करोड डलरको ब्राण्ड भ्यालु भएको कम्पनी हो । कम्पनीले राजस्व मात्रै ५ अर्ब ३० करोड रुपैयाँ तिर्छ । सन् १८३७ मा थियरी हर्मीसद्वारा स्थापित यो कम्पनी १७६ वर्षको यात्रा अवधिमा धेरै सफल भएको छ। हर्मीस आफ्नो रेशमी स्कार्फका लागि चर्चित छ । यसले बेल्ट, पुरुष र महिलाको खेलकुद पोसाक आदि उत्पादन गर्छ ।

२ गुस्सी

यस कम्पनीको ब्रान्ड भ्यालु १२ अर्ब ४० करोड रूपैयाँ छ । यस कम्पनीको राजस्व करिब ४ अर्ब ५ करोड उठ्ने गर्छ । कम्पनीको उद्देश्य गुणस्तरीय कपडा उपलब्ध गराउनु हो । गुच्चीलाई कपडा उत्पादन गर्ने चर्चित कम्पनीको रूपमा चिनिन्छ ।

गुच्ची कम्पनी सन् १९२१ मा सुरू भएको हो । यस कम्पनीका संस्थापक गुच्चीओ गुच्ची हुन्। गुच्ची सबभन्दा महँगो ब्रान्ड हो र उनीहरूलाई धनी र लक्जरी कपडा उत्पादनको हिसाबले चर्चित मानिन्छ ।

१. लुइस भ्युटन
विश्वको सबभन्दा महँगो ब्राण्ड लुइस भ्युटन हो । यस कम्पनीको ब्रान्ड भ्यालु करिब २८ अर्ब १० करोड डलरको छ । यस ब्रान्डबाट राजस्व मात्रै १० अर्ब १० करोड उठ्छ ।

लुइस विउटन धेरै नै परिचित कम्पनी हो जसले छालाको प्रयोगबाट कोट जस्ता पोसाक सिलाउने गर्छन् । यसबाहेक कपडा, जुत्ता, एक्सेसरिज, घडीहरू एव‌ं सनग्लास, गहना, पुस्तकहरू र अन्य धेरै सामानहरू उत्पादन गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment