+
+
Shares

पुष्प, वर्षा, आँचल र सागरको ‘ब्रेकअप गरौंला’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १२:२२

गायिका समिक्षा अधिकारी र गायक किरण भुजेलको स्वरमा समावेश ‘माया गरौंला–२, ब्रेकअप गरौंला’ सार्वजनिक भएको छ । गीतमा कृष्ण भारद्धाजको संगीत, तिलकप्रताप चन्दको शब्द छ । ६ महिना अगाडि सार्वजनिक भएको ‘माया गरौंला’ हिट भएपछि निर्देशक सरोज वलीले सिरिजको रुपमा ‘माया गरौंला–२’ सार्वजनिक गरेका हुन् ।

यो गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, सागर लम्साल लगायतका कलाकारको अभिनय छ । भिडियोमा सागर र आँचल, पुष्प र वर्षा जोडीको रुपमा देखिएका छन् । सरोज वलीको निर्देशनमा तयार भएको यो भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?