
१३ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश पुगेका छन् । बंगलादेशको ५० औं स्वतन्त्रता दिवसको अवसरमा मोदी बंगलादेश पुगेका हुन् ।
शुक्रबार उनलाई ढाकास्थितहजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले स्वागत गरेकी थिइन् । विमानस्थलमा नै मोदीलाई गार्ड अफ अनर पनि प्रदान गरिएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि मोदीको यो पहिलो वैदेशिक भ्रमण हो । मोदीले यसअघि सन् २०१५ मा बंगलादेशको भ्रमण गरेका हुन् ।
दुई दिने भ्रमणको क्रममा मोदीले बंगलादेशसँग स्वास्थ्य, रेल, सीमा पूर्वाधार विकास र स्टार्ट अपलगायतका विषयमा सम्झौता हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4