+
+

६ महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १३:१९

१३ चैत, बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक ६ महिनापछि बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो । एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्था छ ।

चैत २० गते ६ महिना पुग्नै लाग्दा १८ गते वैठक आह्वान गरिएको हो । अघिल्ला वर्ष हिउँदे अधिवेसन माघ महिनामै आह्वान भएपनि यो वर्ष मुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण ढिलाई भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?