Comments Add Comment

मुम्बइको एक कोरोना अस्पतालमा आगलागी, कम्तीमा १० को मृत्यु

१३ चैत, काठमाडौं । भारतस्थित मुम्बईको एक कोरोना अस्पतालमा आगलागी भएको छ । बिहीबार मध्यरातमा मुम्बईस्थित एक मलको तेस्रो तलामा रहेको सनराइज अस्पतालमा आगलागी फैलिएको हो ।

यो अस्पतालमा भाइरस (कोभिड–१९) का संक्रमितको उपचार हुँदै आएको थियो । आगलागी परी कम्तीमा १० जनाको मृत्यु भएको मुम्बईको प्रहरीले बताएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेहरु कोरोना संक्रमित हुन् वा होइनन् भन्ने खुलेको छैन ।

आगो लागेसँगै अस्पतालका बिरामीहरुको पनि उद्धार गरी अन्य अस्पतालमा पठाइएको छ । प्रहरीले अहिले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ ।

भारतको मुम्बइमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मुम्बईमा पछिल्लो २४ घण्टामा मात्र पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment