
१३ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रबारदेखि थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कञ्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । थप तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ ।
यस्तै, बैंकको ४७ एक्स्टेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २५७ शाखारहित बैंकिङ सेवा तथा २४२ एटीएम र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सञ्चालनमा छन् । हाल देशभर २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकको दाबी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4