Comments Add Comment

अग्नि ग्रुपले सञ्चालनमा ल्यायो भक्तपुरको सूर्यविनायकमा सर्भिस सेन्टर

१३ चैत, काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले भक्तपुरको सूर्यविनायक–१० मा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगरपालिकाका मेयर वासु थापा, नेपाली नायिका अदिती बुढाथोकी र महानगरीय प्रहरी वृत्त जगाती परिसरका डीएसपी राजेश थापाले शुक्रबार संयुक्त रूपमा सर्भिस सेन्टरको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको बताए । सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउन समर्पित हुने उनले बताए ।

भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक बुढाथोकीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु रहेको बताए । सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकलाई ग्राहकले भनेकै स्थानमा पुगेर गुणस्तरीय सेवा सुविधा पुर्‍याउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment