Comments Add Comment

फुटपछि सत्ताको लागि हुने गठबन्धन अपवित्र: कमल थापा

१३, चैत्र, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले एमाले र माओवादी बिचको फुटपछि सत्ताको लागि भइरहेको कसरत अपवित्र हुने बताएका छन् ।

गृह जिल्ला मकवानपुरमा पार्टिको जिल्ला परिषद बैठकलाई संबोधन गर्दै अध्यक्ष थापाले एमाले र माओवादी बिचको बिभाजन पछि कसैले अपवित्र गठबन्धन गरेर सरकार बनाउँनु भनेको जनताको म्याण्डेड विपरीत हुने बताए ।

अब अपवित्र गठबन्धन होइन ताजा जनादेशको लागि चुनाबमा जानुपर्ने भन्दै चुनाबबाट मात्र देशको संकट टर्ने दावी गरे । उनले वैशाखमा हुने पार्टीको महाधिवेशनबाट ताजा जनादेश र संकटबाट मुक्तीको नारा सहित जनताको माझ जाने भन्दै चुनाबबाटै पार्टिलाई स्थापित गर्ने प्रयास रहने बताए ।

शान्ति र स्थाइत्वका लागि जनताले दुबै पार्टिको लागि दुई तिहाई बहुमत दिएपनि जनतामा सकारात्मक परिवर्तन अनुभुति दिन नसकेको बताए । उनले भने सत्ता, कुर्सि र भ्रष्टाचारको झगडामा जनताको अभिमत पाएको पार्टी तीन चिरामा बाडिनुले मुलुक थप संकटमा परेको बताए ।

उनले भने ‘प्रमुख प्रतिपक्ष काग्रेस किम कर्तव्य विमुख, निरीह र लाचार देखिएको छ ।’ दलको बिचमा बिभाजनको रेखा कोरिएको मात्र नभई परिवर्तन पछि १४ बर्षको गल राजनितीक अभ्यासले गर्दा नेपालको इतिहासमा डरलाग्दो भ्रष्टाचारको दलदलमा मुलुक फसेको दाबी गरे । उनले भने ‘ सत्ता र प्रतिपक्ष दुबै भ्रष्टाचार र लुटको पक्षमा देखिएका छन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment