+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संसदले अब जनअपेक्षा अनुसार काम गर्छ : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १४ गते १३:३७

१४ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताए ।

उनले ठूलाठूला बहसपछि संसदले गति लिन थालेको भन्दै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए । गत पुस ५ गतेदेखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उनको दाबी छ ।

‘अहिले हामी एउटा महान् बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौं । पहिला पहिला भनिने गर्थ्याे समुद्र मन्थन, यसैगरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस ग¥यौ,’ उनले भने, ‘त्यो बहसको बीचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् ।’

संसदमा जनअपेक्षा अनुसार काम नभएको पनि सभामुख सापकोटाले स्वीकार गरे । ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु,’ उनले भने ।

राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शन गरेको र ठूलाठूला समस्याहरुको समाधान गरेको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?