+
+
Shares

गुडीरहेको अटोमा बाघको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते १३:१०

१५ चैत, काठमाडौं । वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शिकारीबासमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ ।

ठोरी गाउँपालिका-२ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ ७:३० बजे बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए ।

‘चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आक्रमण गरेको रहेछ,’ साहले भने, ‘बाघले आक्रमण गरेपछि अटो अनियन्त्रित भई पल्टिन पल्टिन पुगेको रहेछ ।’ अटो पल्टिए पछि बाघ भने भारतको जंगलतर्फ छिरेका कारण कुनै मानवीय क्षति भने हुन नपाएको उनले बताए ।

दुर्घटनाबाट अटोरिक्साको अगाडिको भागको सिसा फुटेको, छत कुच्चिएको प्रहरी निरीक्षक साहले बताए ।

सोही क्रममा पूर्वतर्फबाट आइरहेको आफ्नो गस्ती टोलीले दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार गरेको उनले बताए ।

स्थानीय अटो सञ्चालक समेत रहेका बुद्धिबहादुर गुरुङका अनुसार अटो दुर्घटना हुन पुग्दा अटोचालकलाई सामान्य चोट लागेको छ ।

बाघले आक्रमण गरेको उक्त स्थान जंगली हात्ती, बाघ, भालु जस्ता जनावर आवतजावत गर्ने करिडोर नै भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?