Comments Add Comment

सामसुङले ल्यायो नेपाली बजारमा ग्यालेक्सी एम१२ स्मार्ट फोन

नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसुङले ग्यालेक्सी एम१२ स्मार्ट फोन बजारमा ल्याएको छ । एमसिरिजको अपार सफलतामा कम्पनीले हालै सन् २०२० मा ग्यालेक्सी एम११ तथा ग्यालेक्सी एम२१ बजारमा ल्याएको थियो ।

ग्यालेक्सी एम१२ मा ९० हर्ज रिफ्रेस रेट, शक्तिशालि ८ एनएम एक्सीनोज प्रोसेसर, आइसोसेल प्लस टेक्नोलोजी, बेस्ट इन क्लसा ट्रु ४८ एमपी क्वार्ड क्यामरा तथा शक्तिशाली ६००० एमएएच ब्याट्री जस्ता विशिष्ट विशेषताहरु रहेको कम्पनीले दावी गरेको छ ।

‘ग्राहक वर्गहरुको आवश्यकतालाई मध्यनजर गर्दै, उहाँहरुलाई सुलभ मूल्यमा, नवीनतम उत्पादन प्रदान गर्ने प्रतिवद्धता अनुरुप हामीले हालै एमसिरिज परिवार अन्तर्गत नयाँ उत्पादन प्रस्तुत गरेका छौं । एम१२ को डिजाइन आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नकै लागि गरिएको हो,’ सामसुङ मोबाइल नेपालका विजिनेश हेड प्रणय रत्न स्थापितले भने, ‘यसमा उच्चस्तरीय ६००० एमएएच ब्याट्री ८ एनएम एक्सिनोज प्रोसेसरको साथ रहेको छ जसले गर्दा ब्याट्रीको आयु अझै लामो रहने छ । हामी निश्चय गर्न सक्छौं कि एम१२ को ट्रु ४८ एमपी क्यामरा तथा ९० हर्ज डिस्प्ले, जस्तो सुविधाहरुले यो मूल्यमा प्राप्त हुने मोबाइल फोनमा अद्वितीय छाप स्थापित गर्ने छ ।’

फर्मेन्स रिलोडेड

कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एम१२ मा एक्सीनोज ८५० ओक्टा कोर २.०जीएचजेड ८ एनएम प्रोसेसर राखिएको छ जसले गर्दा स्मार्टफोनको कार्यक्षमता अझै उत्कृष्ट हुन जान्छ । त्यसै गरी पावर इफिसिइन्ट ८ एनएम प्रोसेसरले स्मुथ मल्टिटास्किङको अनुभव प्रदान गर्दछ र विभिन्न ब्राउजिङ्ग वा मल्टि टास्किङ्गमा पनि कम व्याट्री खपत गर्न मद्दत गर्दछ ।

ब्याट्री रिलोडेड

नयाँ ग्यालेक्सी एम१२ मा ६००० एमएएच ब्याट्री राखिएको छ र यसको बक्समा १५ वाटको फास्ट चार्जर पनि राखिएको छ । ग्यालेक्सी एम१२ मा ग्राहकले विना चार्ज पूरै दिन रात मोबाइल चलाउन सक्नुहुन्छ । फास्ट चार्जिङ प्रविधिले १००५ ब्याट्री लाइफ एकदम छोटो समयमा दिन्छ त्यसै गरी ८ एनएम प्रोसेसरले ब्याट्रीलाई वास्तवमै पावर इफिसिएन्ट बनाएको छ ।

डिस्प्ले रिलोडेड

नयाँ ग्यालेक्सी एम१२मा स्मार्टफोन ९० हर्ज रिफ्रेस रेटको साथ ६.५ इन्चको एचडी प्लस इनफिनिटी भी डिस्प्लेको साथ उपलब्ध रहेको छ । नयाँ ग्यालेक्सी एम१२ मा स्मार्टफोन २०ः९ को अनुपातको साथ डल्बी एटमोस सपोर्टको साथ हेडसेटलाई ब्लु टुथ वाइर प्रयोग गर्न सकिने सुविधाले उत्कृष्ट अडियो तथा सिनेम्याटिक भ्यूइङ्ग एक्पिेरियन्स प्रदान गर्दछ ।

क्यामरा रिलोडेड

नयाँ ग्यालेक्सी एम१२ मा स्मार्टफोनमा ट्रु ४८ एमपी को मेन क्यामराको साथ उच्चस्तरीय रिजोलुसन युक्त क्वाड क्यामरा सेटअप रहेको छ । आइसोसेल जीएम२ सेन्सरले, अतुलनीय क्ल्यारिटीको साथ विस्तृत रुपमा फोटो खिच्न सकिन्छ । यसमा भएको ५एमपी माइक्रो लेन्सले क्लोज अप सटलाई विस्तृत रुपमा खिच्न सक्दछ । साथै २एमपी डेफ्थ क्यामराले आश्चर्यजनक पोटे«ट खिच्न सकिनुका साथै तपाइँलाई मनपरेको मानिस, जनावर वा खानेकुरामा बोकेह इफेक्ट राख्न पनि सकिन्छ । त्यसै गरी ८ एमपीको फ्रन्ट क्यामराले हाइरिजोलुसनको सेल्फी खिच्ने स्वतन्त्रता समेत प्रदान गरेको छ ।

डिजाइन रिलोडेड

कर्भको साथ आकर्षक हेज तथा मेट फिनिसले नयाँ ग्यालेक्सी एम१२ लाई आफूलाई मनपरेका सिनेमा तथा कार्यक्रमहरु हेर्दा सहजै हातमा लिन सकिन्छ ।

अन्य सुविधाहरु

ग्यालेक्सी एम१२ मा साइडमा फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ । यसमा एन्ड्रोइड ११ रहेको छ भने वान यूआई ३.२ कोरले रातको समयमा र प्राकृतिक मोडको लागि छुट्टै भ्युइङ्ग अनुभव प्रदान गर्दछ । यसमा सामसङका प्रिमियम सुविधाहरुः सामसङ हेल्थ, सामसङ थिम, ग्यालेक्सी एप तथा मोन्स्टर एस्पेरियनसको लागि स्मार्ट स्वीच जस्ता सुविधाहरु विद्यमान रहेका छन् ।

मूल्य तथा उपलब्धता

ग्यालेक्सी एम१२ मा विभिन्न तीन रंगहरु कालो, नीलो तथा सेतो रंगमा उपलब्ध रहेको छ । यस फोनको मूल्य ४जीवी प्लस ६४ जीबीको रु. १८,४९९ तथा ६जीबी प्लस १२ जीबीको रु. २२,४९९ तोकिएको छ । यो फोन सामसङका नेपाल अधिराज्यभर रहेका ब्राण्ड स्टोरहरु तथा सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment