Comments Add Comment

अस्ट्रेलियामा किन बढ्यो मुसाको आतंक ?

अस्ट्रेलियाले पछिल्ला दिनहरुमा एकपछि अर्को संकटको सामना गरिरहेको छ । गत वर्ष अस्ट्रेलियाले इतिहासकै भयानक डढेलोको सामना गर्यो । कोरोना भाइरसको महामारी त छँदैछ । अहिले फेरि अस्ट्रेलियाले अर्को आतंक बेहोरिरहेको छ – मुसाको आतंक ।

अस्ट्रेलियामा पछिल्दो समयमा मुसाको संख्या असामान्य रुपमा बढिरहेको छ । मुसाले यत्रतत्र सर्वत्र आतंक मच्चाउने गरेका छन् । घरायासी र व्यापारिक सरसामानको नोक्सानी मात्र होइन मुसाका कारण विभिन्न रोगको महामारी फैलिने त्रास समेत बढिरहेको छ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स र क्विन्सल्याण्ड लगायतका सहरमा एकाएक लाखौँको संख्यामा यत्रतत्र मुसा देखिएका छन् । सोसल मिडियामा मानिसहरु मुसा आतंकका फोटो भिडियोहरु हालिरहेका छन् । आखिर अस्ट्रेलियामा किन फैलियो अहिले मुसा आतंक ? यो बुझ्नका लागि थोरै इतिहास जान्नु पर्दछ ।

एक समय यस्तो थियो जतिबेला अस्ट्रेलियामा मुसा नै थिएनन् । सन् १७८७ मा पहिलोपटक अस्ट्रेलियामा मुसा देखिएको थियो । अनुसन्धानका क्रममा उक्त मुसा व्यापारिक जहाजमा बेलायतबाट अस्ट्रेलिया पुगेको तथ्य पत्ता लाग्यो ।

इतिहासकारहरुका अनुसार संसारका सबैजसो देशमा चीनबाट नै मुसा फैलिएको मानिन्छ । व्यापारिक जहाजका माध्यमबाट मुसाहरु एक देशबाट अर्को देशमा पुग्ने गरेका छन् । झण्डै २ हजार वर्ष अघि चीनकै कारण अन्य देशहरुमा प्लेगको एउटा प्रकार फैलिएको थियो । सन् १३४७ मा उक्त तथ्यको प्रमाण फेला परेको थियो । जतिबेला चीनबाट इटालीमा आएका १२ वटा जहाजमा मुसा पनि आएका थिए र तिनै मुसाका कारण पूरै इटाली प्लेगको चपेटामा परेको थियो ।

पछिल्लो घटना अनुसार गत वर्षको मध्यतिरबाटै अस्ट्रेलियामा मुसाको संख्या बढ्न थालेको थियो । त्यसयता मुसाको संख्या लगातार बढिरहेको छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment