Comments Add Comment

मान्छेको पेटभित्र भेटियो ५९ फुटको जुका

थाइल्याण्डमा एउटा डरलाग्दो घटना भएको छ । एकजना मानिसको पेटबाट डाक्टरहरुले १८ मिटर लामो फित्ते जुका निकालेका छन् ।

थाइल्याण्डको नोंग खाइ प्रान्तस्थित अस्पतालमा पेट दुखाइ तथा झाडापखालाको उपचार गर्न गएको ६७ वर्षका ती व्यक्तिको ठूलो आन्द्राबाट उक्त फित्तेजुका निस्किएको हो ।

अस्पतालमा सुरुमा जनरल फिजिसियनसँगको परामर्शपछि उनलाई दिसाको नमुना परीक्षण गर्न लगाइयो । उक्त नमुनालाई अर्को प्रान्तमा रहेको परजीवीजन्य रोग अनुसन्धान केन्द्रमा पठाइयो ।

परीक्षणका क्रममा उनको दिसामा फित्तेजुकाका २८ वटा फूल फेला परे । त्यसपछि डाक्टरहरुले उनको पेट दुखाइको कारण फित्ते जुका भएको निष्कर्ष निकाले र सोही बमोजिमको औषधि दिए ।

फित्ते जुकाको औषधि खाएको भोलिपल्टै उनले दिसा गर्दा लामो न लामो फित्ते जुका टुक्रा टुक्रामा दिसासँगै बाहिर निस्कियो । उक्त जुकाको कुल लम्बाई १८ मिटर अर्थात् ५९ फुट थियो ।

डाक्टरहरुले उक्त फित्ते जुकालाई एउटा रातो चकटीमा राखेर त्यसको पूर्ण आकार नापेका थिए ।

परजीवी अनुसन्धान केन्द्रका प्रवक्ताका अनुसार टेनिया सांगिनाटा नामक फित्ते जुका उनको मलद्धारबाट बाहिर निस्किएको हो ।

डाक्टरका अनुसार सुँगुरको काँचो मासु खाँदा फित्ते जुका ती व्यक्तिमा सरेको हुनुपर्छ । फित्ते जुका लगायतका कतिपय परजीवीहरु मानिसको सरीरभित्र ३० वर्षसम्म पनि बाँच्न सक्ने डाक्टरहरुको भनाई छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment