+
+
Shares

बाघको छालासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते १६:५१
फाइल तस्वीर

१५ चैत, कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला जाँच गर्दा उक्त छाला लगायतका वस्तु फेला पारी पक्राउ गरेको हो ।

बरामद सामान सहित उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चिसापानी बुझाइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?