+
+
Shares

छिमेकीको हत्या गरेर भागेका व्यक्ति २० बर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते १८:४८

१५ चैत, सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

२०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका धनीलालविरुद्ध सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको उक्त फैसलालाई तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ पुस १ गते सदर गरेको थियो ।

धनीलाललाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले गाउँमा लुकीछपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई आइतबार जिल्ला अदालत सप्तरीमा पेश गरी आवश्यक प्रक्रिया पूरा गरेपछि कैद भुक्तानको लागि कारागार चलान गरिएको उनले बताए ।

२०५७ साउन ३ गते राति पिसाब गर्न घरबाट बाहिर निस्केका निस्केका बेला धनीलालले खुकुरी तथा लाठी प्रहर गरी दशरथको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?