Comments Add Comment

२७ दिनमै सकियो स्वस्तिमा र अर्पणको ‘चिसो मान्छे’को छायांकन

चलचित्र ‘चिसो मान्छे’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन २७ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । निर्देशक दीपेन्द्र के खनालले अनलाइनखबरसँग भने–‘हामीले सोचेको भन्दा चाडो चलचित्रको छायांकन सकेका छौ । कलाकार, प्राविधिकको साथले पनि चलचित्रको छायांकन चाडै सकिएको हो ।’ छायांकन सुरु गर्नु अगाडि वर्कशप गरेकाले पनि छायांकन चाडै सकिएको उनले बताएका छन् ।

दीपेन्द्रले चलचित्र राम्रो बनेको भन्दै आफूले सोचे अनुसार नै दृश्य उतार्न सकेको बताए । यो चलचित्रको छायांकन काठमाण्डौबाट सुरु गरेर बाजुरामा सकिएको छ ।

चलचित्रमा नायक अर्पण थापा र नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्रलाई घाममा नखिच्ने उद्देश्य दीपेन्द्रको थियो । यसका आफू सफल भएका दीपेन्द्रले जानकारी दिए । यो चलचित्रलाई आउँदो बर्षको भदौ ११ गतेबाट रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment