Comments Add Comment

प्रेमको चर्चाविच नीता र हरिहरको होली

नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा चलेको लामो समय भयो । यो जोडी प्रेममा रहेको चर्चा चलेपनि दुइले स्विकार भने गरेका छैनन् । नीता र हरिहर प्रेममा रहेपछि उनीहरुले पहिलो पटक एकसाथ होली खेले । काठमाडौंको एक रेष्टुरेन्टमा सिमित व्यक्तिहरुको उपस्थितीमा उनीहरु होली खेले ।

होली खेल्ने क्रममा उनीहरुले एकअर्काविच मित्रता रहेको बताए । उनीहरुले भने–‘हामीहरुले एक अर्कालाई भेट्दै जाँदा, कुराकानी हुँदै जाँदा नजिक भएका हौं । हामीविच बलियो मित्रता छ । एकसाथ विभिन्न प्रोजेक्टमा काम पनि गर्दैछौ ।’

नीताले हरिहरको सबैलाई सम्मान गर्ने, पोजिटिभ सोच्ने बानीले आफूलाई आकर्षित गरेको बताइन् । यस्तै, हरिहरले पनि नीताको सकारात्मक सोच, नरिसाउने र मिहिनेती बानीले आफूलाई आकर्षित गरेको बताए ।

नीताले हरिहरसँगको भेटपछि आफू धार्मिक भएको पनि बताइन् । उनले भनिन्–‘हरिहरजीसँग रहँदा पोजिटिभ सोच आउँछ । उहाँको यही सोचले गर्दा नै हाम्रो मित्रता बलियो बनेको हुनुपर्छ ।’

हरिहर र नीताले बिहे गर्न लागेको चर्चा पनि चलेको छ । तर, यो जोडीले बैशाखमा बिहे गर्न लागेको कुरालाई अस्विकार गरेको छ । अनलाइनखबरसँगको कुराकानीमा उनीहरुले भने–‘बिहेको कुरा त हल्ला मात्र हो । तर, वैशाखमा केही न केही सुखद समाचार भने आउँछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment