Comments Add Comment

मगर जातिको परम्परागत पोसाक : छिटको गुन्यू, कम्मरमा खुर्पेटो

तस्वीरहरू : आर्यन धिमाल

भौगोलिक विभाजनको दृष्टिले हेर्दा हिमाल, पहाड र तराई जस्ता क्षेत्रमा रहने प्रत्येक नेपालीहरूको आ–आफ्नै प्रकारको जातीय परम्परा रहेको छ । छुट्टै किसिमको खानपान र सांस्कृतिक संस्कारका कारण यी सबै जातिहरू अर्काे जातिभन्दा विशिष्ट खालका रहेका छन् ।

मगर जाति मुख्यतया नेपालको मध्य पहाडी र उच्च पहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको भुमिपूत्र प्रकृति पुजक जाति हो । यो जातिको मुख्य बसोबार मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलको पहाडी जिल्लाहरू रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिकालदेखि बस्दै आएका छन् । यो जातिमा १५०० भन्दा धेरै उपथरहरू  रहेको पाइन्छ ।

 छिटको गुन्यू,चौबन्दी चोली अनि रातो घलेकी र पहेँलो पटुका लगाएको कोही मान्छे देखियो भने हामी सजिलै अनुमान गर्न सक्छौं कि त्यो पक्कै पनि मगर समुदायको व्यक्ति हुनुपर्छ । त्यसैमाथि खुर्पेटो र हँसिया, निधारमा टीका, पहेलो पोतेमा सिँगारिनु मगर महिलाहरुको विशेषता हो । ठाउँ अनुसार मगर जातिको पोसाकमा पनि भिन्नता पाइन्छ । तर तल्लो पहाडी भेगका मगरहरुको परम्परागत पहिरन भने समान खालको हुन्छ ।

त्यस्तै, उत्तरीय वस्त्रको रुपमा भोटो र इस्टकोट, कम्मर मुनि कछाड, शिरमा कपडमो गलबन्दी र भरकली लगाएका कोही लोग्नेमान्छे देखियो भने पनि हामी सजिलै मगर जातिको रूपमा चिन्न सक्छौं । यही नै मगर जातिको विशेष पहिचान हो ।

सामान्यतया मगर समुदाय र गुरुङ समुदायका पुरुष र महिलाले लगाउने पोसाकहरु समान खालका देखिन्छन् । मगर समुदायका महिलाहरुले कम्मरमा खुर्पेटो र हँसिया भिर्छन् भने गुरुङ समुदायका महिलाहरुको कम्मरमा खुर्पेटो हुँदैन । मगर महिलाहरुले कम्मरमा पहेँलो रंगको पटुका र पोते लगाउँछन् भने गुरूङ समुदायका महिलाहरूले नीलो रंगको पोते र पटुका भिर्ने गर्छन् । यसबाहेक भाङ्ग्रा लगायतका अधिकांश वस्त्रहरु गुरुङ र मगर समुदायको समान खालको हुने गर्छ ।

उच्च पहाडी भेग र तल्लो पहाडी भेगका मगर जातिको पहिरन संस्कारमा केही भिन्नता पाइन्छ । माथिल्लो भागमा बसोबास गर्ने मगरहरु चिसोबाट बच्न त्यही अनुसारका पहिरन लगाउँछन् भने तल्लो भेगमा वातावरण सुहाउँदोखालको पोसाक लगाउने गर्छन् ।

तल्लो पहाडहरूको मगरले साधारण कछाड र भोटो वा सर्ट वा भोटोको साथमा शिरमा उनको टोपी लगाउने गर्छन् । महिलाहरू फरिया वा साडी वा लुंगी, चौबन्धी चोली वा बन्द ब्लाउज, भारी पाटुका वा कमरबन्द र मुजेत्रो वा शल लगाउँछन् ।

उच्च पहाडी भेगका मगरहरूले बुकु लगाउँछन् । जुन उच्च पहाडी भेगका गुरुङ जातिले लगाउने पोसाकसँग मिल्दोजुल्दो छ । अझ उच्च भेगमा बस्ने मगरहरूले तिब्बती छुवा पनि लगाउने गर्छन्।

गहनाहरू कानमा मुन्द्री, नाकमा बुलाकी र बायाँ नासिका फूलहरू, चाँदीको सिक्काको हार र तिलहरी सुनको चक्रको साथ पोटे (हरियो मोती) हुन् । मगर पुरुषहरूले गहना लगाउँदैनन् तर केहीकेहीले कानका झुम्का वा चाँदी र सुनको मुन्द्रा झुण्ड्याउने गर्छन् ।

यद्यपि अहिले आधुनिकताका कारण युवापुस्तामा यस्तो पोसाकको आकर्षण कम भएपनि विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा यस्ता पोसाकहरुलाई युवायुवतीहरुले समेत लगाउने गरेको पाइन्छ ।

आधुनिकतासँगै मगर समुदायका युवाहरुमा सर्ट, पाइन्ट जस्ता कपडाहरुको मोही बढ्दै गएरहेको छ । गहनाहरुमा सिक्री, औंठी, घडी जस्ता गहनाहरु लगाउँछन् भने महिलाहरु धोती, चोलो, कुर्ता सलवार, म्याक्सी, पाइन्ट, टिसर्ट जस्ता लुगाहरु लगाउने गर्छन् । गहनातर्फ फुली, सिक्री, तिलहरी, नौगेडी, औठी, ढुंग्री, बुलाकी, पाउजु र घडी जस्ता गरगहनाहरु लगाउने गर्छन् ।
मगर समुदायमा न्वारनपछि मात्रै बच्चालाई सिलाइएको कपडा लगाइदिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment