Comments Add Comment

नेप्से परिसूचक ५ अंकले घट्यो, ४४१ करोडको कारोबार

१६ चैत, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३.५२ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३९ अंकले ओरालो लागेर ४४९ दशमलव ९२ अंकमा झरेको छ । कारोबार रकममा पनि सोमबार खासै उल्लास देखिएन ।

दिनभर भएका ६४ हजार ५ सय १५ कारोबारबाट २०९ कम्पनीका ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु घट्दा समग्रमा बजार घटेको हो । यद्यपि, तीन वटा समूहका सवइन्डेक्सहरु भने बढेका छन् ।

हाइड्रोपावर २४ दमशलव ५२ अंकले बढ्दा फाइनास् ५ दशमलव २ र लघुवित्त ४४ दशमलव ५० अंकले बढेको छ ।

हेर्नुहोस् तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment