Comments Add Comment

सुरक्षा परिषदले दोहोरो मापदण्ड अपनाएको उत्तर कोरियाको आरोप

१६ चैत, काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मिसाइल परीक्षणमा आफ्ना लागि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ । सुरक्षा परिषद्को सान्कसन कमिटीले आफूले गत साता गरेको छोटो दूरीको मिसाइल परीक्षणको निन्दा गरेको भन्दै उत्तर कोरियाले आपत्ति जनाएको थियो ।

सुरक्षा परिषद्को सान्कसन कमिटीको शुक्रबार बसेको बैठकमा अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने बताएको थियो । उत्तर कोरियाले भने उक्त बैठक उत्तर कोरियाको आत्मसुरक्षाको अधिकारलाई निषेध गर्ने उद्देश्यका साथ आयोजना गरिएको भन्दै आपत्ति जनाएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय संगठनका महानिर्देशक जो चोल सुले उक्त बैठकमा उत्तर कोरियाको आलोचना हुनु अमेरिकाको पूर्वाग्रही रणनीतिको उत्पादन भएको बताएका छन् ।

अन्य मुलुकले पनि बेलाबेलामा आफ्नो सैन्य क्षमता बढाउनका लागि मिसाइल परीक्षण गर्दै आएकाले आफ्ना लागि मात्र दोहोरो मापदण्ड अपनाइएको उत्तर कोरियाको बुझाइ छ ।

शनिबार उत्तर कोरियाले आत्मरक्षाका लागि गरेको मिसाइल परीक्षणको विरोध गरेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनको पनि आलोचना गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment