+
+
Shares

गोरखामा अवैध सालको काठ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १८:३८

१६ चैत्र, गोरखा । अवैध रुपमा ओसारपसार भइरहेको सालको काठ प्रहरीले बरामद गरेको छ । पालुङटार नगरपालिका–१० जोगीडिही स्थित पालुङगैरा सामुदायिक वन क्षेत्रबाट १० थान सालको गोलिया र २ थान चिलाउने जातको गोलिया काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

‘शनिवार राती साढे एक बजेतिर ट्याक्टरमा राखेर अवैध रुपमा काठ ओसार पसार गरिरहेका रहेछन्,’ डिएसपी प्रकाश दाहालले भने, ‘डिउटीमा खटिएको हाम्रो प्रहरी टोलिले देखेपछि नियन्त्रणमा लिएको हो ।’ काठ ओसारपसारमा संलग्न रहेको भन्दै चार जनालाइ पक्राउ समेत गरिएको उनले बताए ।

पक्राउ पर्नेमा पानपा–१० जोगिडिहीका अनिल लामा, सुनिल लामा, सोनाम लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का सुजन सुनार रहेका छन् । उनीहरु सहित काठ ओसार पसारमा संलग्न ना ६ त ५८६३ नम्वरको ट्याक्टरलाइ आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय पठाइएको डिएसपी दाहालले बताए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?