+
+
Shares

‘सजिलो दिने’ले सञ्चालनमा ल्यायो डिजिटल क्यूआर स्क्यानर मेन्यु 

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १४:२७

काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको प्रयोगबाट सुविधा लिने वा डिजिटलाइज हुने क्रम अघि बढीरहेको छ । बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाईं हामी बीच लोकप्रिय हुँदै गइरहेको छ । त्यसको एक उदाहरण हो www.sajilodine.com ।

होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दुरी कायम गर्दै वेटरविना आफूलाई चाहेको मेन्यू अर्डर गर्न सकिने ई–मेन्यु हो ‘सजिलो दिने’ । कोभिड–१९ ले सृजना गरेको महामारीको बीच यो सञ्चालनमा आएको हो । सजिलो दिनेले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल क्यूआर स्क्यानर मेन्यु उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार सजिलो दिने होटल तथा रेस्टुरेन्टका लागि उपलब्ध गराइएको एक डिजिटल क्यूआर स्क्यानर मेन्यू हो । सजिलोका अनुसार यो प्रयोग गर्न समेत एकदमै सहज र सरल छ । ग्राहकले आफ्नो टेवलमा रहेको क्यूआर कोडलाई आफ्नो मोवाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्क्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलव्ध आजका मेन्यूहरु आफ्नै मोवाइलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् भने अर्डर मेन्युको मूल्य समेत थाहा पाउन सक्नेछन् । ग्राहकले गरेको अर्डर सफ्वयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ । जसले गर्दा ग्राहकले वेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउने छन् भने अर्का तिर समयको बचत हुनेछ ।

कम्पनीका सञ्चालकका अनुसार नेपालका बैंकिङ, शिक्षा, बिमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीका लागि प्रयोगमा आएको क्यूआर स्क्यानर होटल तथा रेस्टुरेन्टको मेन्यू स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो ।

कम्पनीका अनुसार राजधानिका विभिन्न १ सय भन्दा बढी होटल तथा रेस्टुरेन्ट तथा पेपे पिज्जाका सबै शाखाहरुमा सञ्चालमा आई सकेको सजिलो दिने सफ्टयोयर प्रयोग गर्न चाहने जुनकुनै होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले न्यूनतम शुल्कमा नै यो सुविधा प्रयोग गर्न सक्नेछन् । जसका लागि यो सेवा प्रयोग गर्न चाहने कम्पनीले वार्षिक मात्र ३ हजार रुपैयाँ मात्र तिरे पुग्छ ।

ई–मेन्यु अहिलेको बजारको अत्यावश्यक माग रहेको कम्पनीको दावी छ ।  होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा मेन्यू अर्डरको लागि यो प्रविधि एउटा विकल्प भएको र एड्भान्स टेक्नोलोजी र दक्ष प्रविधिको अनुभवसहित झन्झट रहित छिटो सेवा तथा सुविधा प्रदान गर्दै बजारमा यो प्रविधि उत्कृष्ट ठहरिने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?