Comments Add Comment

‘स्याबास मिठु’पछि सानियाको बायोपिक गर्दै तापसी

आफ्नो कुराहरु स्पष्टसँग राख्न माहिर मानिएकी बलिउड नायिका तापसी पन्नु पछिल्लो समयमा मेकरको पहिलो रोजाइकी नायिका हुन् । चलचित्र ‘थप्पड’बाट फिल्मफेयर अवार्डमा ‘उत्कृष्ट नायिका’को अवार्ड समेत जितेकी तापसीलाई बायोपिक चलचित्रका लागि पनि अफर आइरहेको छ ।

आफ्नो अभिनयका कारण पनि चर्चामा रहने तापसी चलचित्र ‘स्याबास मिठु’मा काम गर्दैछिन् । मिथिला राजको बायोपिकमा बन्न लागेको क्रिकेट केन्द्रित चलचित्रपछि उनलाई अर्को एक बायोपिक चलचित्रबाट पनि अफर आएको छ ।

भारतीय मिडियाका अनुसार, तापसीलाई सानिया मिर्जाको बायोपिकका लागि अफर आएको हो । रोनी स्क्रुवालाले सानियाको बायोपिकका लागि अधिकार लिएका छन् । नायिका परिणिती चोपडाले सानिया नेहालको बायोपिकमा काम गरेपछि मेकर उनीसँग काम गर्ने मुडमा रहेको छैन । यसैले, चलचित्रका लागि तापसीलाई अफर गरिएको छ ।

तापसीले निर्देशक राजकुमार हिरानीको चलचित्रमा नायक साहरुख खानसँग काम गर्न लागेको पनि चर्चा छ । तर, यो चलचित्रको काम केही समय पछाडि धकेलिएका कारण तापसीसँग प्रशस्त समय छ । तापसीको ‘दो बारा, रश्मी रकेट, हसिन दिलरुवा’ रिलिजको लागि तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment