Comments Add Comment

कौडाको खालबाट ६ जुवाडे पक्राउ

१७ चैत्र, गोरखा । कौडाको खालबाट ६ जना जुवाडे पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका–३ भच्चेकस्थित भीमराज गुरुङको घरबाट सोमवार राति साढे बाह्र बजे उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–३ बतासेका सुगम गुरुङ, अमिर गुरुङ, भच्चेकका सोम बहादुर गुरुङ, विकास गुरुङ, सिराचनोक गाउँपालिका–५ का ठाकुर वयलकोटी र प्रकाश पोखरेल रहेको प्रहरीले जनाएको छ ।

‘अवैध रुपमा जुवा खेलिरहेको छ भन्ने गोप्य सूचना पाएपछि हाम्रो टोली त्यहा पुग्यो,’ डिएसपी प्रकाश दाहालले भने, ‘हारजित हुने गरी अवैध रुपमा कौडा खेलिरहेको भेटेपछि उनीहरुलाइ पक्राउ गरेका हौ ।’

खालबाट ९ हजार ५ शय ९५ रुपैयासहित कौडाको गोटी १६ थान र बाँसको चोयाबाट बनेको नाङ्लो एक थान बरामद गरिएको उनले बताए । पक्राउ परेकाहरुलाइ जुवा सम्बन्धि कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment