+
+
Shares

मन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रको प्रश्न : तपाईंलाई किन पदमुक्त नगर्ने ?

हरि अधिकारी हरि अधिकारी
२०७७ चैत १७ गते २०:००

१७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले दल त्याग गर्दै प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रदेशसभा सदस्य टङ्क आङबुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्णय बिना प्रदेश सरकारमा किन सहभागी भएको भनी स्पष्टीकरण मागेको हो ।

‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ पत्रमा भनिएको छ,‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१(१) ३२(२)ख को प्रतिकुल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने ?’

तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए । हाल एमाले केन्द्रीय सदस्य उनलाई शुक्रबार मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री बनाएका थिए ।

२४ घण्टा भित्र जवाफ पेस नगरे पदमुक्त गर्ने र प्रदेशसभा सचिवालयलाई जानकारी दिइने माओवादी केन्द्रका संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

 

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?