Comments Add Comment

ब्राजिलका स्थल, नौसैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो

१८ चैत, काठमाडौं । ब्राजिलका स्थल सेना, नौसैनिक र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन् ।

राजनीतिक संकटमा परेका राष्ट्रपति जायर बोल्सोनारोले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले एकसाथ राजीनामा दिएका हुन् ।

ब्राजिलमा राष्ट्रपतिसँग मतभेद भएर सेना, नौसैनिक र हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएको इतिहासकै पहिलो घटना भएको बीबीसीले जनाएको छ ।

सोमवार मात्रै ब्राजिलका विदेश मन्त्री र रक्षामन्त्रीले राजीनामा दिएका थिए ।

कोरोना संक्रमणको महामारीलाई लिएर ब्राजिलका राष्ट्रपति बोल्सोनारोको आलोचना हुँदै आएको छ । दुई वर्षअघि सत्ता सम्हालेका दक्षिणपन्थी नेता बोल्सोनारोले कोरोना महामारीलाई हल्का रुपमा लिँदै क्वारेन्टिनसम्बन्धी नियमहरुको विरोध गर्दै आएका छन् ।

कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद बढेपछि ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्तसमेत गरेका थिए ।

ब्राजिलमा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी नभएकै कारण तीन लाख १४ हजार जनाको मृत्यु भएको र एक करोड २५ जना संक्रमित भएको बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment