Comments Add Comment

प्रविनले गाए, नक्कली केटी

प्रबिन बज्राचार्य  ‘डग लभर’ हुन् । खासगरी सडक कुकुर मर्ममाथि उनले गीत गाएका छन्, भिडियो बनाएका छन् । कुकुरप्रति करुणा, प्रेम र सद्भाव जगाउने विषयमा उनको गीत केन्द्रित हुन्छन् । यसर्थ उनी गीतमार्फत पनि सडक कुकुरको हितमा केही न केही भनिरहेका हुन्छन् ।

यसपटक पनि उनको नयाँ गीत सार्वजनिक भएको छ । यद्यपि यसपाली उनको गीत कुकुरसँग सम्बन्धित छैन । प्रविनले यसपाली रोमान्टिक शैलीको गीत गाएका छन्, माया पिरतीको ।

‘नक्कली केटी’ बोलको यो गीत ओम शंकर श्रेष्ठले लेखेका हुन् । यसको संगीत र स्वर दुबै प्रविनको हो । संगीत संयोजन गरेका छन्, प्रदीप जोशीले ।

यस गीतको हालै म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रविनसँगै नीता सुनारले मोडलिङ गरेका छन् । म्युजिक भिडियोको निर्देशन शैलेन्द्र खोखालीले गरेका हुन् । छायांकन र सम्पादनको काम पनि उनैले गरेका हुन् । शैलेन्द्रले यसअघि थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment