१९ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको छ । महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको हो ।
महानगरले सूचना जारी गर्दै ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकले अवकाश लिन चाहे सेवा अवधिका आधारमा सुविधा दिने घोषणा गरेको छ । दरबन्दी मिलानलाई सहज बनाउन यस्तो प्याकेज प्रस्ताव अगाडि सारिएको महानगरको भनाइ छ ।
महानगरपालिकाले २०७८ साल साउनपछि एक वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि एक लाख, दुई वर्ष सेवा अवधि बाँकी रहेकालाई एक लाख ५० हजार, तीन वर्ष सेवा अवधि बाँकी रहेकालाई दुई लाख, चार वर्ष सेवा अवधि बाँकी रहेकालाई दुई लाख ५० हजार र पाँचदेखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
स्वेच्छिक अवकाश लिन चाहने शिक्षकले ३० दिनभित्र कागजातसहित महानगरपालिकाको शिक्षा महाशाखामा निवेदन दिनुपर्नेछ ।
हेर्नुहोस् महानगरको स्वेच्छिक अवकाश योजना


                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4