Comments Add Comment

गृह मन्त्रालय वैशाख १ देखि पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने

२० चैत, काठमाडौं। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ। गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा’बादल’ले निरीक्षण गरेका छन् ।

वि.स २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालिन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

डेढ महिना अघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय यसै भवनमा थियो । सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सोही भवनमा सरेको छ ।

प्रधानमन्त्री कार्यालय सरेपछि खाली हुन पुगेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो । हाल गृहमन्त्रालय रहेको केही भवन पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ बनाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment