Comments Add Comment

आमा बन्न लागेकी हुन् प्रियंका कार्की ?

लेखिन्, ‘यस, वि आर प्रेग्नेन्ट’

जगजाहेर नै छ, प्रियका कार्की अब एक्ली छैनन् । आयुशमान देशराज जोशीसँग उनले जोडी बाँधेको पनि बर्ष बित्यो । लामो प्रेम सम्बन्धलाई उनीहरुले गएको बर्ष फागुनमा दाम्पत्य सम्बन्धमा रुपान्तरण गरेका थिए । यहाँसम्म आइपुग्दा उनीहरुले केही कुरा लुकाएनन् ।

खुलमखुला प्रेम गरे । दुनियालाई देखाएरै इंगेजमेन्ट गरे । विवाहको कुरा लुकाउने कुरै भएन । विवाहअघि ब्याचलरेट पार्टी समेत मनाउन भ्याए । प्रियंकाले आफ्नी संगीहरुसँग ब्याचरलेट पार्टी मनाएको कुराले त गसिप बजारमा राम्रै तरंग पैदा ग¥यो । त्यसैको देखासेखी आयुशमानले पनि ब्याचलर पार्टीको तस्विर सार्वजनिक गरे । अन्ततः उनीहरुले औपचारिक रुपमै विवाह गरे । भव्यतापूर्वक ।

विवाहपछि प्रियंका र आयुशमान भैसीपाटीमा खरिद गरेको नयाँ घरमा बस्दै आएका थिए । लकडाउनको क्रममा उनीहरु घरेलु जीवनमै मग्न रहे । यी सबै कुराको बेलिबिस्तार लगाउनुको कारण के भने, अहिले प्रियंका गर्भवती भएकी छिन् । यो कुरा उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । श्रीमान आयुशमानसँगै खिचाएको श्यामश्वेत तस्वीरमा उनको बेबी बम्पसमेत देखिएको छ । तस्वीरमा प्रियंका मस्त हाँसेकी छिन् भने, आयुशमान मख्ख छन् । प्रियंका लेख्छिन्, ‘यु क्यान स्टप आस्किङ नाउ । यस, वि आर प्रेग्नेन्ट ।’

उनको यो खुलासासँगै त्यसमा प्रतिक्रिया दिनेहरुको ताँती लागेको छ । धेरैले उनलाई बधाई दिएका छन् । कतिले लेखेका छन्, ‘दुबै जना पो ?’ खासमा प्रियंकाले ‘वि आर’ भनी गरेको सम्बोधनप्रति धेरैको ध्यान तानिएको छ । त्यसको अर्थमाथि पनि प्रतिक्रिया दिइरहेका छन् । एक जनाले लेखेका छन्, ‘गर्भवती हुनुमा दुबै जना अर्थात श्रीमान र श्रीमतीको सहभागिता हुने भएकाले ‘वि आर’ लेखिनु स्वभाविक हो ।’

जतिले प्रिंयकालाई बधाई दिएका छन्, उत्तिले नै ठट्टामा समेत उडाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment