Comments Add Comment

प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडक शिलान्यास गर्दै

२१ चैत, काठमाडौं । शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् ।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने छन् । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment