+
+
Shares

सेती नदीमा डुबेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २१ गते १७:१५

२१ चैत, डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

डोटीको शिखर नगरपालिका–२ कालागाडस्थित सालमुनीमा पूजा गर्न गएका दार्चुलाको मालिकार्जुन घर भई सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ अध्ययनरत १७ वर्षीय दीपेन्द्र सिंह धामीको सेतीमा डुबेर मृत्यु भएको हो ।

नुहाउनका लागि नदीमा पसेका धामी डुबेको थाहा पाएपछि स्थानीय युवाहरुले खोजी गरेर शव निकालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?