+
+
Shares

यस वर्ष सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १७:४९
फाइल तस्वीर

२२ चैत, काठमाडौं । काेराेना महामारीका कारण गत वर्ष स्थगित गरिएकाे सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गरिने समितिका संयोजक एवं काठमाडौं महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्ष सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित गरिएको थियो ।

यस वर्षको रथयात्रा वैशाख ७ गतेदेखि एक हप्तासम्म सञ्चालन गरिने वडाध्यक्ष शाक्यले बताए । गुठीका प्रतिनिधि, स्थानीय संघ–संस्था र सरोकारवालाहरुले जुनसुकै परिस्थितिमा पनि जात्रा निरन्तर हुनुपर्ने धारणा राखेपछि रथयात्रा गर्ने निर्णय गरिएको उनले बताए । सेतो मच्छिन्द्रनाथलाई ‘वर्षाको देवता’ भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?