Comments Add Comment

अमेरिकामा ‘खोप पासपोर्ट’बारे विवाद

२२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएको सुनिश्चित गर्ने ‘खोप पासपोर्ट’को योजनाबारे अमेरिकामा विवाद उत्पन्न भएको छ । मानिसहरुलाई स्वतन्त्र रुपमा भ्रमण गर्न, बजार जान तथा अन्य भिडभाडयुक्त स्थानमा जान अनुमति दिने योजना अनुसार ‘खोप पासपोर्ट’ लागू गर्ने योजना ल्याइएको हो ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार यो योजनामा अमेरिकाको विपक्षी रिपब्लिकन पार्टीले भने आपत्ति जनाएको छ । यसले व्यक्तिगत स्वतन्त्रता र स्वास्थ्य छनोटको अधिकार संकुचित हुने रिपब्लिकन पार्टीका सांसदको बुझाइ छ ।

अमेरिकामा स्वास्थ्य एपको प्रयोग गर्दै त्यसमा रहेको कोडबाट कोरोना खोप लिएको वा नलिएको पुष्टि गर्ने योजना अघि सारिएको हो । यो योजना इजरायलमा प्रयोग भइरहेको छ भने युरोपका केही देशमा छलफलको क्रममा छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणमा दुवैतर्फ सुरक्षित रुपमा पर्यटन गतिविधि बढाउन सकिने अपेक्षा छ । यसले व्यावसायिक गतिविधि र खोप अभियानलाई तीव्रता दिन पनि सहज हुने जानकारहरु बताउँछन् ।

रिपब्लिकन पार्टीका सांसदहरुले भने यो निर्णयले आगामी दिनमा मानिसको व्यक्तिगत गोपनीयताको पनि हनन् हुनसक्ने आशंका व्यक्त गरेका छन् । राष्ट्रपति जो बाइडन प्रशासन भने ‘खोप पासपोर्ट’ योजना ल्याउनुपर्ने पक्षमा छ । खोप पासपोर्ट दिँदा व्यक्तिगत विवरणको सुरक्षालाई ध्यानमा राखिने सरकारको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment