
२२ चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका–१०, ट्याङ्लाफाँटमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । नव जागरण महिला समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रुद्रान्जु प्रतिष्ठानको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय तथा अन्य दाताहरु गरी ४० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
नव जागरण महिला समूह आफैंमा आदर्श स्थापित गर्दै समाजसेवी कार्यक्रमहरु आयोजना गरी अन्यलाई पनि यस्ता कार्यमा सहभागी गराइरहेको अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन् ।
अध्यक्ष पाण्डेले रक्तदाता सबैलाई धन्यवाद दिँदै स–साना सेवाभावी जमर्कोले समाजमा ठूलो प्रभाव पार्ने उदाहरणीय प्रयास भएको बताइन् ।
कार्यक्रममा उपाध्यक्ष टिकादेवी खनालले भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै समाजसेवामा हरदम अग्रसर रहने प्रतिबद्धता जनाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4