Comments Add Comment

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर

२२ चैत, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिष्ठानको उपकुलपतिमा क्षेत्रीलाई नियुक्त गरेका हुन् ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका प्रधानमन्त्रीले नियुक्त गरे । सिफारिस समितिले १ नम्बरमा क्षेत्रीको नाम सिफारिस गरेको थियो ।

प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नाम २ नम्बरमा र प्रा.डा. भरतबहादुर कार्कीको ३ नम्बरमा सिफारिस भएको थियो । यही फागुन १६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति डा. वुद्धिबहादुर थापाको कार्यकाल सकिएको थियो ।

डा. डुक लामो समय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत थिए । अहिले उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै पदपूर्ति समितिका अध्यक्षमा कार्यरत थिए । पश्चिमाञ्चल अस्पतालबाट ११ औं तहमा प्रमुख प्योथोलिजिस्ट भएर सरुवा भएका क्षेत्रीले ४ वर्षअघि अवकास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment