+
+
Shares

कर्णाली सरकारबाट एमालेका मन्त्रीले आज राजीनामा दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १२:४२

२३ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनजना मन्त्रीले सोमबार संयुक्त रुपमा राजीनामा दिँदैछन् ।

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन थियो । पार्टी निर्देशनअनुसार संयुक्त रुपमा राजीनामा दिने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

‘एमालेका तर्फबाट मन्त्री भएका तीनैजनाले सामूहिक राजीनामा दिने तयारी गरेका छौं, सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता गर्ने निर्णय गरिसकेको छ,’ मन्त्री ज्वालाले अनलाइनखबरसँग भने, ‘आजै नै राजीनामा दिनेगरी छलफल भइरहेको छ ।’

माओवादी केन्द्रका नेता मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?