
चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । यो चलचित्रलाई अर्विन्द राज गुरुङले निर्देशन गर्दैछन् । प्रेम कथामा यो चलचित्र निर्माण हुनेछ । यो चलचित्रको छायांकन नेपालसँगै भारतको दार्जिलिङ्ग, सिक्किम र कोलकत्तामा हुने बताइएको छ ।
अर्विन्द राज प्रोडक्शन र आनजिग प्रोडक्शन यूकेको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा नायिका रीश्मा गुरुङ, कलाकार बुद्दि तामाङ, गौरव मल्ल र रिकजंग दोर्जे भुटियाको अभिनय रहनेछ । चलचित्रमा यान्की याल्मोको पनि अभिनय रहने निर्माणपक्षले बताएको छ ।
चलचित्रमा निरमे प्रोडक्शन कुवेत र सुप्रिया तामाङको पनि निर्माणमा सहयोग रहनेछ । चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर रहने चलचित्रको बिषयमा नायिका रीश्मा भन्छिन्–‘मलाई धेरै चलचित्रको अफर आएका छन् । तर, यो चलचित्रको कथा र आफ्नो चरित्र मनपरेपछि काम गर्न तयार भएकी हुँ ।’
‘कबड्डी’ चलचित्रमा काम गरेपछि चर्चामा आएकी रीश्माले बिहेपछि चलचित्र नगर्ने बताएकी थिइन् ।
प्रतिक्रिया 4