
२३ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँटेको उनले बताइन् ।
‘प्रधानमन्त्रीले तयारीबिनै बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो’, सांसद शाहीले भनिन् ।
उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको भन्दै सरकारी निवास बालुवाटार पनि छाडेर निजी निवास बालकोट जानु उचित हुने सुझाव दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4