Comments Add Comment

थापाथलीमा टीबीसी जब फेयर हुँदै

२३ चैत, काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर–२०२१ को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो अप्रिल ९ मा जब फेयरको आयोजना गर्न लागेको हो ।

जब फेयरमा प्रतिष्ठित २५ कम्पनीहरुको सहभागिता रहने कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदीप मण्डलले जानकारी दिए । स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउने कलेजले जनाएको छ ।

कलेजका अनुसार जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिने कलेजले जनाएको छ । त्यस्ता कम्पनीहरुमा बतास अर्गनाइजेसन, भोज डिल, ब्रेन डिजिट, सीजी होल्डिङ, गोर्खाग्रुप, हाम्रोबजार डटकम, हिमालयन जनरल इन्स्योरेन्स, इन्ग्रिल्स प्रालि, लक्ष्मी बैंक लिमिटेड, लिपफ्रग, एमएडब्लु इन्टरप्राइजेज, मिरा बायोटेक, पीकेएफ टीआर उपाध्याय एण्ड कम्पनी, रियण्डा बिज प्रालि सिप्रदी ट्रेडिङ, सुविसुकेबलनेट, उज्यालो फाउण्डेसन, अल्टिमेट बिजनेश एडभाइजर, युनाइटेड डिस्ट्रिब्युटर नेपाल, उपाय कार्गो, भात्सल इम्पेक्स (साओमी), भायनेट, यती एयरलाइन्स, योङ्ग इनोभेटर्स लगायतका कम्पनीहरुको उपस्थिति रहने मण्डलको भनाइ छ । उनका अनुसार स्टार्टअप बिजेनेसमा आबद्ध भएका संस्थाहरु आन्टरप्रेनाना तथा नेक्स्ट भेन्चर कर्प प्रालिको पनि सहभागिता रहनेछ ।

कलेजले अध्ययनरत तथा पूर्वविद्यार्थीहरु सबैलाई जब फेयरमा सहभागी हुनको लागि आग्रह समेत गरेको छ । जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्ने कलेजले जनाएको छ ।

जब फेयरमा आउन चाहने विद्यार्थीहरुलाई तालिम समेत प्रदान गर्दै आएको कलेजले जनाएको छ । विज्ञहरुबाट व्यक्तिगत विवरण (सीभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा तालिम तथा कक्षा भइरहेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मण्डल भन्छन्, ‘टीबीसीले हरेक वर्ष कम्पनीहरु तथा विद्यार्थीहरु बीचको दूरीलाई नजिक बनाउनका लागि ब्रिजको रुपमा जब फेयरको आयोजना गर्दै आएको छ । जब फेयरमार्फत योग्य विद्यार्थीहरुले कामका लागि छनोट हुने विशेष अवसर पाउनेछन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment