Comments Add Comment

प्रदेश १ मा माओवादी केन्द्रले फिर्ता लियो अविश्वास प्रस्ताव

२३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरे ।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव वर्तमानमा असान्दर्भिक भएकाले फिर्ता लिइएको बताए ।  नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राईले प्रदेश १ सरकारविरुद्धको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास अझै फिर्ता नभएको बताए ।

अविश्वास प्रस्तावका समर्थक राईले अविश्वास प्रस्ताव फिर्ता गर्नुपरे पनि सरकारप्रति आफूहरूको विश्वास नभएको बताए । गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने अवस्था थिएन ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले चैत १७ गते अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment