+
+
Shares

दराजले ल्यायो नयाँ वर्षे योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १९:२५

२३ चैत, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ वर्षे विशेष योजना ल्याएको छ । दराजले आगामी चैत २९ गतेदेखि नव वर्षको भव्य सेल- दराज नव वर्ष २०७८ सुरु हुने घोषणा गरेको छ। नयाँ वर्षको शुभ-अवसरलाई लिएर आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको दराजले जनाएको छ।

दराजका अनुसार नयाँ वर्षे विशेष योजना अनुसार एक पेमेन्ट पार्टनर छुट रहेको छ । जसमा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा एक हजारदेखि एक हजार ५०० सम्मको छुट् पाउन सक्नेछन् । डेबिट कार्ड प्रयोगकर्ताले एक हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले एक हजार ५०० सम्मको थप छुट पाउनेछन् । पेमेन्ट पार्टनरहरुका लागि नबिल बैंक, सानिमा बैंक, एनएमबी बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सन् राइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक रहेको दराजले जनाएको छ।

दराजका अनुसार ग्राहकहरुले आफ्नो ई-सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाका लागि ५०० सम्मको विशेष छुट पाउन सक्ने छन् भने ग्राहकहरु खेल १ रुपैयाँको, एड टू कार्ट, मिसन नव वर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्नेछन् ।

दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने, ‘गएको एक वर्ष कोरोना महामारीका कारणले समय निकै नै कठिन थियो । तर हामी विश्वस्त छौं कि नयाँ वर्ष २०७८ हामी सबैको लागि राम्रो समय रहनेछ। हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौं। हजारौं बिक्रेता र ब्रान्ड पार्टनरहरूको साथ हामी विभिन्न नयाँ उत्पादहरू, आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, र अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौं । मलाई आशा छ कि यस अभियानले हाम्रा सबै ग्राहकहरुका लागि उत्तम अवसरको रूपमा काम गर्नेछ  र उहाँहरुको सबै किनमेल आवश्यकताहरु पूरा गर्नेछ।”

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदै गइरहेको दराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?