+
+
Shares

पत्रकार महासंघमा बागी उम्मेदवारी दिएको भन्‍दै कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते २३:१८

२३ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने चुनावमा बागी उम्मेदवारी दिएको भन्‍दै रमेश मिश्रालाई कारबाही गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले मिश्रालाई पार्टी र नेपाल प्रेस युनियनले गरेको सहमति विपरीत उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो।

जिल्ला कार्य समिति कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाईंले यस पार्टीको शुभेच्छा र संस्था सम्मिलित नेपाल पत्रकार महासंघमा निर्वाचनको सन्दर्भमा नेतृत्वसहित प्रतिनिधिका लागि पार्टी र नेपाल प्रेस युनियनले गरेको सहमति विपरीत बागी उम्मेदवारी दिई पार्टी र शुभेच्छुक संस्थाको मर्यादामा आँच पुर्‍याउने कार्य गर्नुभएकाले यहाँलाई एक वर्षसम्म पार्टीबाट निलम्बन गरिएको जानकारी गराइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?