+
+
Shares

नाइजेरियाको जेलबाट १८०० कैदी भागे

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते ७:०४

२४ चैत, काठमाडौं । नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन् । पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् ।

सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका बीबीसीले जनाएको छ ।

प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियर पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?