Comments Add Comment

रुकुम पश्चिममा माओवादीको जनसभा, प्रचण्डले सम्बोधन गर्ने

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुममा जनसभा आयोजना गर्दै छ । सो सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको छ ।

सदरमुकाम खलंगामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सम्बोधन गर्नेछन् ।

माओवादी केन्द्र रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा ‘अनल’का अनुसार पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा पुग्ने कार्यक्रम छ । ‘मौसमले साथ दियो भने १२ बजे अध्यक्ष आइपुग्नुहुन्छ र कार्यक्रम सुरु हुन्छ,’ उनले भने । शर्माका अनुसार कार्यक्रममा साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment