+
+

आयकरको दोस्रो किस्ता तिर्न सरकारको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १२:३८
फाइल तस्वीरु

२४ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै बुझाउन सरकारले करदातासँग ताकेता गरेको छ । चालु आवको आयकरको दोस्रो किस्ता बापतको कर रकम दाखिला गर्ने समय चैत मसान्त हो ।

आन्तरिक राजस्व विभागले चालु आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको छ । साथै यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न विभागले आग्रह गरेको छ । तोकिएको समयमा ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा तोकिएको कर र विवरण बुझाउन विभागले भनेको छ । समयमा कर नबुझाएमा भने कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने विभागले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?