
गायिका रचना रिमाल र गायक अभिनया निरौलाको स्वर, अभिनयाकै शब्द तथा योगेन्द्र उपाध्यायको संगीतमा समावेश ‘घिर्लिङ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले आकर्षक बनाएका छन् । गीतका शब्द अनुसारका दृश्य उतारेर उनले मोडलद्धय सागर लम्साल र सिम्पल खरेललाई भिडियोमा प्रस्तुत गरेका छन् ।
विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाको छायांकन छ । यो गीतको भिडियो र अडियो दुबै आकर्षक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4