+
+
Shares

ट्रक दुर्घटनामा एकजनाको मत्यु

रासस रासस
२०७७ चैत २४ गते १५:२६

२४ चैत, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम मंगलबार भोजपुर जिल्ला अस्पतालमा गरिएको प्रहरी निरीक्षक प्रदीप लामाले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?