+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १९:२९

२४ चैत, काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) को छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व चयन भएको छ । प्रद्युमन पोखरेलको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन भएको हो । पोखरेल मुक्तिनाथ विकास बैंकका सीईओ हुन् ।

यस अघि गरिमा विकास बैंकका सीईओ गोविन्द ढकाल अध्यक्ष थिए । उनको कार्यकाल पूरा भएपछि पोखरेललाई अध्यक्ष बनाइएको हो । एसोसिएसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ भएका छन् । सचिवमा महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा चयन भएका छन् । उनी केही साता पहिलेमात्रै सिटिजन्स बैंकको डेपुटी सीईओ छाडेर महालक्ष्मीको सीईओ बनेका थिए ।

संघको कोषाध्यक्षमा भने कामना सेवा बिकास बैंकका सीईओ प्रविण बस्नेत भएका छन् भने सदस्यहरुमा सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी, लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट र ग्रीन डेभलपमेण्ट बैंकका उमेश कुमार आचार्य चयन भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?